काठमाडौं । गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। सो बसमा लगत्तै जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रु बाहक बस समेत ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनापछि बस सडकमै पल्टिँदा यातायातसमेत अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नम्बर १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेलाई तत्काल उद्धार गरि चितवनका विभिन्न अस्पताल पुर्याएको छ।
घाइतेमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका सवारि साधनलाई क्रेनको सहायताले हटाएपछि आज बिहान तीन बजेबाट सडकमा गाडी सञ्चालन हुन थालेका छन्। दुर्घटनाको खबरलगत्तै सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कामण्डमा उद्धारका लागि सुरक्षा फौज पुगेको थियो।
दुर्घटनापछि बा.प्र.०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका-४ बस्ने वर्ष ४३ का कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ।
चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोक्किँयो, ३३ जना घाइते
दुर्घटनापछि बस सडकमै पल्टिँदा यातायातसमेत अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नम्बर १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेलाई तत्काल उद्धार गरि चितवनका विभिन्न अस्पताल पुर्याएको छ।

