सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास र लाठीचार्ज

प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको छ । सम्भावित घटनालाई मध्यनजर राखेर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास र लाठीचार्ज
काठमाडौं । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको छ । सम्भावित घटनालाई मध्यनजर राखेर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।