यूएईमा तीन महिनायता ७९ जना नेपालीको मृत्यु

अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

यूएईमा तीन महिनायता ७९ जना नेपालीको मृत्यु
काठमाडौं । पछिल्ला तीन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका ७९ जना नेपालीको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा उनीहरूको मृत्यु यूएईमा भएको हो । यूएईस्थित नेपाली दूतावासका अनुसार, ०८२ साउनमा ३२, भदौमा १९ र असोजमा २८ जना नेपालीको मृत्यु भएको हो । नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१।८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।