सिंहदरबारका सैनिक कमान्डरलाई सेनाले गर्‍यो सोधपुछ

सिंहदरबारमा सेनाको नरसिंह दल गण छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ठूला घटना भइसकेपछि सम्बन्धित ठाउँमा खटिएका कमान्डरसँग पृष्ठपोषणका लागि झिकाइएको हो ।

सिंहदरबारका सैनिक कमान्डरलाई सेनाले गर्‍यो सोधपुछ
काठमाडौं । सैनिक मुख्यालयले सिंहदरबारमा खटिएका सैनिक कमान्डरलाई सोधपुछका लागि बोलाएको छ । सिंहदरबार जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै सेनाको सर्वत्र आलोचना भएपछि त्यहाँ खटिएका कमान्डरसँग मुख्यालयले सोधपुछ गर्न थालेको हो । सिंहदरबारमा सेनाको नरसिंह दल गण छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ठूला घटना भइसकेपछि सम्बन्धित ठाउँमा खटिएका कमान्डरसँग पृष्ठपोषणका लागि झिकाइएको हो ।