काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्का सोमबार बिहान सार्वजनिक भएका छन्। सोमबार बिहान बुढानीलकण्ठस्थित जलेको आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार मात्र नयाँ पत्रिकासँगको अन्तर्वार्तामा तत्कालीन ऊर्जामन्त्री खड्का देश छाडेर भागेको दाबी गरेका थिए।
तर सोमबार बिहान फेसबुक लाइभ गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘भाग्नुपर्ने कुनै कारण छैन। आन्दोलनको विषयमा छानबिनका लागि तत्कालीन सरकारले निर्णय नै गरेको छ। भाग्न किन पर्यो।’
विदेश भागेका भनिएका पूर्वमन्त्री खड्का बुढानीलकण्ठबाट सार्वजनिक
गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार मात्र नयाँ पत्रिकासँगको अन्तर्वार्तामा तत्कालीन ऊर्जामन्त्री खड्का देश छाडेर भागेको दाबी गरेका थिए।