प्रधानमन्त्री कार्कीले बोलाइन् ७ दललाई बालुवाटार

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ४ कात्तिक, मंगलबार अपराह्न ४ बजे बालुवाटारमा दलहरुसँग छलफल हुने तय भएको छ।

प्रधानमन्त्री कार्कीले बोलाइन् ७ दललाई बालुवाटार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संवादका लागि सात राजनीतिक दललाई पत्र लेखेर वार्तामा बोलाएकी छन्। उनले राष्ट्रिय मान्यता प्राप्त दललाई २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन्। प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ४ कात्तिक, मंगलबार अपराह्न ४ बजे बालुवाटारमा दलहरुसँग छलफल हुने तय भएको छ। यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग प्रधानमन्त्रीको अलगअलग वार्ता भइसकेको छ।