निवर्तमान सचिव मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले डा. मिश्रासहित व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया र विभागका निर्देशक डा विवेकुमार लालविरुद्ध मुद्दा चलाएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

निवर्तमान सचिव मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ विगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले डा. मिश्रासहित व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया र विभागका निर्देशक डा विवेकुमार लालविरुद्ध मुद्दा चलाएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।