सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

साताको पहिलो दिन सुनको मूल्य बढेको छ।

सुन तोलामा ५  सय रुपैयाँले बढ्यो
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत शुक्रबारका तुलनामा ५ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार अघिल्लो दिनका तुलनामा तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आइतबार तोलामा ५ रुपैयाँ बढेको छ। कारोबार मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ भएको छ। शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८६५.५१ डलर र चाँदी प्रतिऔंस २२.०१ डलरमा कारोबार भइरहेको छ।