पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गराएको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता
काठमाडौं । भेप सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गराएको हो । महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।