मान्छेको टाउको बोकेर जब दुई युवा प्रहरी चौकी पुगेपछि...

हत्या गर्ने १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरु मृतकको टाउको बोकेर शुक्रबार राति प्रहरी कार्यालय पुगेका थिए ।

मान्छेको टाउको बोकेर जब दुई युवा प्रहरी चौकी पुगेपछि...
कैलाली । कैलालीमा एक व्यक्तिको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो । हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छ्न । हत्या गर्ने १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरु मृतकको टाउको बोकेर शुक्रबार राति प्रहरी कार्यालय पुगेका थिए ।