काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु पे सञ्चालन गर्दै आएको प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरिदिएन । कम्पनीको वित्तीय अवस्था नाजुक भएकै कारण यो कम्पनीको लाइसेन्स नवीकरण नगरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए ।
यसरी लाइसेन्स नवीकरण नभएपछि प्रभु पे बन्द हुने स्थितिमा पुगेको छ । यो वालेटका ग्राहक घट्दै गएपछि लाइसेन्स नवीकरण नगरिएको पण्डित बताउँछन् ।
प्रभु पेमा पैसा भएकाहरूले सम्बन्धित कार्यालय (प्रभु पे) मा नै ३० दिनभित्र सम्पर्क राख्नुपर्नेछ । प्रभु पे सञ्चालनका लागि राष्ट्र बैंकले ०७६ फागुन ११ गते अनुमति दिएको थियो । त्यसैगरी फस्ट पे टेक्नेलोजी नवीकरण गर्न नभएपछि यसको लाइसेन्स खारेज गरिएको छ ।
'प्रभु पे' बन्द हुने, ३० दिनभित्र सम्पर्क गर्न ग्राहकलाई आग्रह
यसरी लाइसेन्स नवीकरण नभएपछि प्रभु पे बन्द हुने स्थितिमा पुगेको छ । यो वालेटका ग्राहक घट्दै गएपछि लाइसेन्स नवीकरण नगरिएको पण्डित बताउँछन् ।