कारागारबाट भागेका कैदीले ठमेलमा गरे युवकको हत्या

खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

कारागारबाट भागेका कैदीले ठमेलमा गरे युवकको हत्या
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेक एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ । फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी अझै फरार रहेका छन् ।