एटीएमबाट गरिने कारोबारको सीमा घटाइयो, प्रतिकारोबार २० हजारमा झारियो

दैनिक ५० हजार र प्रतिमहिना तीन लाख रुपैयाँ मात्र झिक्न पाइने छ । यसअघि प्रतिदिन एक लाख र प्रतिमहिना चार लाख रुपैयाँ रकम झिक्न पाउने व्यवस्था थियो ।

एटीएमबाट गरिने कारोबारको सीमा घटाइयो, प्रतिकारोबार २० हजारमा झारियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट जारी एटीएमबाट हुने कारोबारको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी प्रतिकारोबार २० हजारमा झारेको छ । यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँ थियो । दैनिक ५० हजार र प्रतिमहिना तीन लाख रुपैयाँ मात्र झिक्न पाइने छ । यसअघि प्रतिदिन एक लाख र प्रतिमहिना चार लाख रुपैयाँ रकम झिक्न पाउने व्यवस्था थियो । प्रिपेड कार्डबाट गरिने करोबार भने पहिलेकै कायम छ । प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार एक दिनमा २० हजार र प्रतिमहिना दुई लाखको कारोबार गर्ने व्यवस्था छ ।