नेपाल प्रहरीका तीन डीआईजीको सरुवा, को-कहाँ ?

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत ओमबहादुर रानाको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ । केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका विनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ ।

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा, को-कहाँ ?
काठमाडौं । नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आज शुक्रबार तीन डीआईजीको सरुवा भएको हो । सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका गोविन्द थपलियाको मधेश प्रदेशमा सरुवा भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत ओमबहादुर रानाको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ । केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका विनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ ।