फुलपाति मेलाबाट बचत भएको रकम विद्यालयमा अक्षयकोष स्थापना

दिनेश शर्मा । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ मा रहेको खड्ग जयन्ती युवा क्लबले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । क्लवको १४ औं वार्षिकोत्सव तथा फुलपाति मेला २०८२ बाट बचत रहेको रकमबाट १ लाख ५० हजार रुपैयाँको खड्ग जयन्ती युवा क्लव अक्षयकोष स्थापना गरिएको क्लवका अध्यक्ष लो…

फुलपाति मेलाबाट बचत भएको रकम विद्यालयमा अक्षयकोष स्थापना
दिनेश शर्मा । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ मा रहेको खड्ग जयन्ती युवा क्लबले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । क्लवको १४ औं वार्षिकोत्सव तथा फुलपाति मेला २०८२ बाट बचत रहेको रकमबाट १ लाख ५० हजार रुपैयाँको खड्ग जयन्ती युवा क्लव अक्षयकोष स्थापना गरिएको क्लवका अध्यक्ष लोकबहादुर केसीले जानकारी दिए । उनका अनुसार अक्षयकोषबाट गरिब, जेहेन्दार विद्यार्थीका लागि वितरण गरिने भएको छ । प्रत्येक वर्षको कात्तिक अन्तिम साता विवरण संकलन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसमा गरिब जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति रकमको रुपमा वितरण गरिने अध्यक्ष केसीको भनाइ छ । क्लवको सार्वजनिक गरेको विवरण अनुसार ४ लाख ६७ हजार ६ सय १२ रुपैयाँ आम्दानी र ३ लाख ४ हजार ६ सय ९० रुपैयाँ खर्च भएको छ ।