काठमाडौं । आज (मंगलबार, २१ असोज) दिउँसो तथा राति देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो: गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाड भेगमा साधारणतया बदली (लगभग आकाशभरि बादल) रही बाँकी तराई क्षेत्रमा आंशिक बदली (पातलो बादल) रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभाग तथा बाँकी प्रदेशका पहाड भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज (मंगलबार, २१ असोज) दिउँसो तथा राति देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

