आज बडादसैं, टीकाको उत्तम साइत ११ः५३ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

आज बडादसैं, टीकाको उत्तम साइत ११ः५३ बजे
काठमाडौं । नेपालीहरूको महान चाड बडादसैंको मुख्य दिन आज (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुन्छ।