काठमाडौं । सर्लाहीमा भारतीय नम्बरको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शुक्रबार राति करिब ८ बजे ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा पर्साबाट भेल्हीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एमएच ०४ डीजे १२९७ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा परेर ब्रहम्पुरी–२ का २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। त्यस्तै, २३ वर्षीय शिवशंकर पण्डितको बारा स्थित न्युरो अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् भने स्कारपियो चालक फरार भएकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीमा स्कारपियोको ठक्करबाट दुईको मृत्यु, एक घाइते
दुर्घटनामा परेर ब्रहम्पुरी–२ का २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

