काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी रहेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बसेको हो ।
यसअघि संयन्त्रको शुक्रबार बसेको बैठकमा पनि यी विषयमा छलफल भएको थियो। तर बैठक कुनै ठोस निश्कर्षमा भने पुग्न सकेको थिएन। एमालेलगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको पक्षमा छन्।
एमाले भने पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुनुपर्ने अडानमा छ। गठबन्धनका अन्य दल पनि एमालेको अडानमा नजिक छन्। यस्तै केही दिनअघि सभापति रवि लामिछानेको नागरिकता प्रकरण र त्यसबापत् गुमेको गृहमन्त्री पदका कारण सरकार छोडेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा समावेश गर्ने बारे पनि छलफल हुने भएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बसेको हो ।

