काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा आज तोलामा ३ हजार ९ सय बढेको हो ।
त्यसैगरी आज चाँदी ३ हजार ६८० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३ हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
त्यसैगरी आज चाँदी ३ हजार ६८० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३ हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।