भागेको १४ दिनपछि कारागार फर्किए टोपबहादुर रायमाझी

भुटानी शरणार्थी प्रकरणकै कारागारमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने फर्किएका छैनन् । कतिपयलाई खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

भागेको १४ दिनपछि कारागार फर्किए टोपबहादुर रायमाझी
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री रायमाझी आफै कारागार फर्किएका हुन् । भुटानी शरणार्थी प्रकरणकै कारागारमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने फर्किएका छैनन् । कतिपयलाई खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।