जनमत पार्टीका ६ नेताले छोडे पार्टी

यसरी पार्टी छोड्नेमा उपाध्यक्ष अब्दुल खान, पार्टी प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम छन् ।

जनमत पार्टीका ६ नेताले छोडे पार्टी
काठमाडौं । जनमत पार्टीका छ जना केन्द्रीय नेताहरूले पार्टी छोडेका छन् । यसअघि उनीहरू अध्यक्ष सीके राउतलाई पार्टी छोड्न २४ घण्टाको समय सीमा दिएका थिए । यसरी पार्टी छोड्नेमा उपाध्यक्ष अब्दुल खान, पार्टी प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम छन् । उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको राजीनामापत्रमा उल्लेख छ । नेताहरूले अध्यक्ष राउतले जनभावनाअनुरूप आत्मालोचना नगरेको र नेतृत्व परिवर्तन नगरिएको हुँदा जेन–जी पुस्ताको आन्दोलनको अपमान भएको ठहर गरेका छन् । साथै, उनीहरूले ताजा जनभावनाअनुसार नयाँ पुस्ताको चाहनाअनुरुप उनीहरूकै नेतृत्वमा सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।