प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

भेटका क्रममा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो भएको भेटवार्तामा दुई देशको पारस्परिक हितमा विषयमा कुराकानी भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत सङले प्रधानमन्त्री कार्कीलाई चीन सरकारको तर्फबाट बधाई समेत प्रदान गरे । भेटका क्रममा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ राजदूत सङले चीनले नेपाली जनताले रोजेको राजनीतिक तथा विकासको बाटोलाई सम्मान गर्ने उल्लेख गर्दै नेपालको विकास र समृद्धिको आकांक्षामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।