पोखराको लेकसाइटमा आगलागी, अझै आएन नियन्त्रणमा

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार सेलवेज टावर भन्ने भवनमा आगलागी भएको हो ।

पोखराको लेकसाइटमा आगलागी, अझै आएन नियन्त्रणमा
कास्की । पोखरा लेकसाइडको हल्लनचोकको एक भवनमा आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार सेलवेज टावर भन्ने भवनमा आगलागी भएको हो । आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र सर्वसाधारण खटिएका छन्। आगलागीबाट हिमालयन जाभा, नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत पसलहरूमा पनि आगो सल्किएको छ । आगोबाट मानवीय क्षति भने भएको छैन। आगलागीका कारण हल्लनचोकदेखि बाराही चोकसम्मको सवारी आवागमन पनि अहिले रोकिएको छ।