झलनाथ पत्नी रविलक्ष्मीको देब्रेहात काटियो

उनले आज फेरि निमोनियाको संक्रमण पनि देखिएको जानकारी पाएको सुनाए। ७० वर्षकी चित्रकारको शरिरको १७ प्रतिशत भाग जलेको भनेर चिकित्सकले भनेको खनाल बताउँछन्।

झलनाथ पत्नी रविलक्ष्मीको देब्रेहात काटियो
काठमाडौं । जेनजीको आन्दोलनमा घर जल्दा जलेर घाइते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ। भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगलागी गरेका थिए। घरसँगै जलेकी उनको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको हात काटिएको हो । 'बुधबार एउटा अप्रेसन भयो। संक्रमण बढ्न थाल्यो भनेर चिकित्सकले अप्रेसन गर्नुपर्छ भने। हामीले अप्रेसन गर्ने अनुमति दियौँ,' उनका श्रीमान झलनाथ खनालले भने, 'डाक्टरले मेडमको देब्रेहात काटे। देब्रेहात चाहिँ कुहिनोदेखि तल फाल्यो।' उनले आज फेरि निमोनियाको संक्रमण पनि देखिएको जानकारी पाएको सुनाए। ७० वर्षकी चित्रकारको शरिरको १७ प्रतिशत भाग जलेको भनेर चिकित्सकले भनेको खनाल बताउँछन्।