असोजका लागि बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोज महिनाको लागि यो ५.४६३५ प्रतिशतमा कायम भएको छ ।

असोजका लागि बैंकहरूले घटाए ब्याजदर, कसको कति ?
काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो । भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको छ । भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोज महिनाको लागि यो ५.४६३५ प्रतिशतमा कायम भएको छ । भदौको तुलनामा असोजमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एसिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी, सिटिजन्स छन् । सात बैंकले स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ र हिमालयन र इन्भेस्टमेन्ट मेगा छन् । लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य बढाएका छन् ।   बैंक भदौको ब्याजदर (प्रतिशत) असोजको ब्याजदर (प्रतिशत) कृषि विकास ५.२ ५.०५ एभरेस्ट ५.७५ ५.२५ नेपाल ५.४ ५.२५ लक्ष्मी सनराइज ५ ५.२५ माछापुच्छ्रे ६ ६ एनआईसी एसिया ६.२५ ६ प्रभु ५.३५ ५.३५ स्टान्डर्ड चार्टड ५.१३ ५.१८ राष्ट्रिय वाणिज्य ५.५ ५.५ नबिल ५.५ ५.५ ग्लोबल आईएमई ६ ६ सिद्धार्थ ५.५ ५.५ प्राइम कमर्सियल ६ ५.५ कुमारी ५.२१ ५.०१ सानिमा ५.७५ ५.२५ हिमालयन ६ ६ नेपाल एसबीआई ५.२५ ५.१८ इन्भेस्टमेन्ट मेगा ५.२५ ५.२५ एनएमबी ६ ६ सिटिजन्स ५.५ ५.२५