इन्सपेक्टरदेखि आइजीपीसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने

यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलबबाट कट्टा गरी दिने प्रहरी प्रधान कार्यालयले निर्णय गरेको हो ।

इन्सपेक्टरदेखि आइजीपीसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रतिपरिवार १० लाख रूपैयाँ दिइने भएको छ । यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलबबाट कट्टा गरी दिने प्रहरी प्रधान कार्यालयले निर्णय गरेको हो । आन्दोलनका क्रममा ३ जना प्रहरीले ज्यान गुमाएका थिए । काठमाडौंसहित देशभरका विभिन्न प्रहरी युनिटमा आन्दोलनकारीले तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यसक्रममा प्रहरीका भवन, सवारी साधन, सञ्चार उपकरण र पोशाक आगजनी, तोडफोड र लुटपाट भएको थियो ।