बडिगाड खोलामा अवैध नदीजन्य पदार्थ उत्खनन् : युवाहरूले लगाए गाउँपालिकामा ताला

स्थानीयले गत सातामात्रै बडिगाड खोलामा अवैध नदीजन्य पदार्थ बालुवा निकाल्दै गरेको अवस्थामा डोजर र ट्क्याटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

बडिगाड खोलामा अवैध नदीजन्य पदार्थ उत्खनन् : युवाहरूले लगाए गाउँपालिकामा ताला
बडिगाड । अवैध नदिजन्य पदार्थ बालुवा उत्खनन्मा गाउँपालिका अध्यक्षसहित कर्मचारीको मिलेमतो भएको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार सो विषयको जवाफ माग्न गाउँपालिका पुगेका स्थानीयहरुले अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन र प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेललाई नभेटेपछि तालाबन्दी गरेका हुन् । स्थानीयले गत सातामात्रै बडिगाड खोलामा अवैध नदीजन्य पदार्थ बालुवा निकाल्दै गरेको अवस्थामा डोजर र ट्क्याटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।