चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटियो ६ जनाको शव

भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ। आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटियो ६ जनाको शव
काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ। आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । 'शव भेटिएको छ। प्रदर्शनकारी हुन् कि कर्मचारी अथवा लुटपाटमा गएकाहरू हुन् भन्ने खुलेको छैन,' उनले भने। काठमाडौंमा जलाइएका अन्यत्र ठाउँका भाटभटेनीमा पनि मानिसहरू जलेको हुनसक्ने प्रहरीको आकलन छ।