काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ। जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको हो।
संसदीय दलका नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएका हुन्।
उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका छन्। संसदीय दलका नेता यादवले सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिए।
जनमतले मधेसका मुख्यमन्त्री सिंहलाई फिर्ता बोलायो
जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ। जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको हो।

