२१ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तनहुँमा एक महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्।

२१ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ । ( तनहुँमा एक महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्। प्रहरीका अनुसार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–४ बाघभञ्याङ बस्ने २७ वर्षीय निरज परियार शुक्रबार पक्राउ परेका हुन्। परियारले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ।