माओवादीले भन्यो-'संसद् विघटन लोकतन्त्रमाथिको गम्भीर प्रहार हो'

'जनताबाट निर्वाचित सर्वोच्च निकाय जनताको सार्वभौम संस्था विघटन हुनु लोकतन्त्रमाथि गम्भीर आघात हो,' उनले भने, 'हामी यसको घोर निन्दा एवम् खेद प्रकट गर्दछौँ ।'

माओवादीले भन्यो-'संसद् विघटन लोकतन्त्रमाथिको गम्भीर प्रहार हो'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको गम्भीर आपत्ति जनाएको छ । आज साँझ अनलाइनमा बसेको पदाधिकारी बैठकले संसद विघटन गर्नु लोकतन्त्रमाथि गम्भीर प्रहार भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 'जनताबाट निर्वाचित सर्वोच्च निकाय जनताको सार्वभौम संस्था विघटन हुनु लोकतन्त्रमाथि गम्भीर आघात हो,' उनले भने, 'हामी यसको घोर निन्दा एवम् खेद प्रकट गर्दछौँ ।' उनले लोकतन्त्र, संघीयता र संविधानको पक्षमा दृढतापुर्वक उभिन आमजनसमूदायमा अपिल समेत गरेका छन् ।