बयोधा अस्पतालमा थप २ जना घाइतेको मृत्यु

बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ। अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको हो।

बयोधा अस्पतालमा थप २ जना घाइतेको मृत्यु
काठमाडौं । मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ। अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको हो। मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा घाइते भएर अस्पताल लगिएको थियो । मृत्यु हुने दुवै जनालाई पेटमा गोली लागेको थियो। बयोधा अस्पतालमा हाल ९ जना घाइतेको उपचार भइरहेको छ।