बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

सहभागी एकजनाले भने-'अहिले हामी प्रमुख प्रशासकीयको कोठामा आइपुगेका छौँ, उहाँ यहाँबाट भाग्नुभएको छ हामीले उहाँलाई खोजिरहेका छौं ।'

बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
बडिगाड । बाागलुङको बडिगाड गाउँपालिकामा स्थानीय समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास गरेका छन् । बडिगाड खोलाको बालुवा उत्खनन गर्दा पालिकाका कर्मचारी र जनप्रतिनिधि मिलेको आरोप लगाउँदै स्थानीय समूहले आक्रमणको प्रयास गरेको हुन् । सहभागी एकजनाले भने -'अहिले हामी प्रमुख प्रशासकीयको कोठामा आइपुगेका छौँ, उहाँ यहाँबाट भाग्नुभएको छ हामीले उहाँलाई खोजिरहेका छौं ।' सहभागीका अनुसार  प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलको खोजि भइरहेको बताइएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ५ जोगिबगर नजिकै रातिमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा स्थानीयले डोजर र ट्याक्टरसहित प्रहरीलाई बुझाएका थिए । तर, गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको मिलिमतोमा उन्मुक्ति दिएको स्थानीयको आरोप छ । अहिले बडिगाड गाउँपालिकामा नेपाली सेना आइपुगेको बताइएको छ । अवैध बालुवा उत्खनन् गरेकालाई उन्मुक्ति दिएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत र जनप्रनिधिलाई कारबाही गर्नुपर्ने मागसहित स्थानीय आक्रोशित भएका हुन् । भिडियाे पनि हेर्नुहाेस्