कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु

मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाले बताए।

कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु
काठमाडौं । काठमाडौंको कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाले बताए। उनका अनुसार कोटेश्वर प्रभागका तीन जना प्रहरीको मृत्यु भएको हो। यस्तै महाराजगन्ज प्रहरी वृत्त र कालिमाटीमा पनि क्षति पुगेको छ। त्यहाँ पनि केही हताहती भएको आशंका छ। यसबारे पुष्टि हुन बाँकी रहेको डिआइजी रानाले बताए।