डसना पसलमा आगलागी

सल्यानको बागचौर नगरपालिका २ बागचौरमा आगलागी हुँदा सिरक डसना बनाउने पसल पूर्ण रूपमा नष्ट भएको छ।

डसना पसलमा आगलागी
काठमाडौँ । सल्यानको बागचौर नगरपालिका २ बागचौरमा आगलागी हुँदा सिरक डसना बनाउने पसल पूर्ण रूपमा नष्ट भएको छ। शुक्रबार दिउँसो वनमा लागेको आगो बस्तीमा छिर्दा उक्त पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पसलमा लागेको आगो नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभए पनि पसलभित्र रहेका सम्पूर्ण सिरक डसना जलेर नष्ट भएको उनको भनाइ छ। पसल नजिकै रहेको खरबारीबाट एक्कासी आगलागी भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।