शेरबहादुर देउवा दम्पतीमाथि आक्रमण

उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य भएका छन्। आरजुमाथि लछारपछार भएको देखिन्छ।

शेरबहादुर देउवा दम्पतीमाथि आक्रमण
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ। बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू पुगी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन्। उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य भएका छन्। आरजुमाथि लछारपछार भएको देखिन्छ। देउवाले अस्पताल हैन प्रहरीलाई जिम्मा लगाउन आग्रह गरेका छन्। तर भिडिओमा देउवामाथि एक युवाले तथानाम गाली गरेको पनि सुनिन्छ।