'जेनजी' प्रदर्शन : राष्ट्रिय ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, ४ जनाको सनाखद

सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन । त्यस्तै दुई जना पुरुषको सनाखत हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार मृतकको सङ्ख्या १३ जन पुगेको छ ।

'जेनजी' प्रदर्शन : राष्ट्रिय ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, ४ जनाको सनाखद
काठमाडौं । जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा गोली लागेर घाइते भएका ७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रमामा उपचार गराइरहेका सात जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिए । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए । सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन । त्यस्तै दुई जना पुरुषको सनाखत हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार मृतकको सङ्ख्या १३ जन पुगेको छ ।