काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा रहेका एसपी प्रधानको राजीनामा गृह मन्त्रालयले माघ २० गते स्वीकृति दिएको थियो ।
डेढ वर्ष सेवा अवधि बाँकी छँदै उनले राजीनामा दिएका हुन् । आगामी २०८१ भदौसम्म उनको सेवा अवधि थियो ।
२०५१ भदौ प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका उनले संगठनमा लामो समय काम गरे पनि आगामी दिनमा अरू नै केही गर्ने उद्देश्य राखेको जानकारी दिएका छन्।
‘रिटायर्ड भएपछि काम गर्ने जाँगर नचल्ला भनेर छिटो राजीनामा दिएको हुँ,’ प्रधानले लोकान्तरसँग भने ।
भक्तपुर प्रहरी परिसरको कमाण्ड सम्हालेका उनी पछिल्लो समयमा प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा थिए ।
एसपी सविन प्रधानले दिए राजीनामा
प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले राजीनामा दिएका छन् ।

