एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले सचिवालय बैठकमा राखेको फरक मत

आजदेखि सुरु हुने एमाले विधान महाधिवेशनमा प्रस्तुत गर्ने फरक मत सचिवालय बैठकमा पेस गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो जिकिर गरेका हुन्।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले सचिवालय बैठकमा राखेको फरक मत
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्न नमिल्ने जिकिर गरेका छन्। आजदेखि सुरु हुने एमाले विधान महाधिवेशनमा प्रस्तुत गर्ने फरक मत सचिवालय बैठकमा पेस गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो जिकिर गरेका हुन्। उनले नेपालको संविधान र एमालेको प्रचलित विधान अनुसार पनि कुनै पनि व्यक्तिलाई राजनीतिबाट विमुख गर्न नहुने बताए। ‘कमरेड विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि नेकपा (एमाले) को केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो र पार्टी निर्णयको पालना गरेर नै उहाँ नेपालको पहिलो महिला राष्ट्रपति हुनुभएको थियो’ उनले फरक मतमा लेखेका छन्, ‘त्यो जिम्मेवारी लिइरहँदा २०७२ साल कार्तिक १२ गते उहाँले जारी गर्नु भएको प्रेस नोटले यो कुरा स्पष्ट पार्दछ।’