माओवादी पदाधिकारी बैठकले गर्यो विप्लव र माधव नेपालसँग एकता गर्ने निर्णय

'नेकपा एस, नेपाल कम्युनिष्ट पार्टीसहितका बामपन्थी दलहरुसँग एकता गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ', उनले भने यस्तै सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयको विरोध गर्ने पनि निर्णय गरेको छ ।

माओवादी पदाधिकारी बैठकले गर्यो विप्लव र माधव नेपालसँग एकता गर्ने निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 'नेकपा एस, नेपाल कम्युनिष्ट पार्टीसहितका बामपन्थी दलहरुसँग एकता गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ', उनले भने यस्तै सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयको विरोध गर्ने पनि निर्णय गरेको छ ।