प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– दर्ता हुन नआएका सामाजिक सञ्जाल निष्क्रिय हुन्छन्

“सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्,” रिमालले फेसबुकमा लेखेका छन्, “लतकैरूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस् ।”

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– दर्ता हुन नआएका सामाजिक सञ्जाल निष्क्रिय हुन्छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुनसक्ने बताएका छन् । “सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्,” रिमालले फेसबुकमा लेखेका छन्, “लतकैरूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस् ।” सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः सबैको लत बनेको उनले बताएका छन् । “प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटसमार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ,” रिमालले लेखेका छन्, “यस्तो लाग्छ, केही गरी यी प्लेटफर्महरू बन्द भयो भने के होला रु” सकियो सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको समयसीमा केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको उनले स्मरण गराएका छन् ।