बजारमा आज सुनको मूल्य कति छ ?

बुधबार प्रतितोला दुई लाख ७ हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत रहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो ।

बजारमा आज सुनको मूल्य कति छ ?
काठमाडौं । केही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनचाँदीको मूल्य आज स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला दुई लाख ७ हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत रहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।