४ करोडसहित पक्राउ परेका विनोदका छोराको अफिसमा प्रहरीको छापा, नगद र सुन बरामद

विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको हो । सनम खड्गीको घरमा कोठा भाडा लिएर राजकुमार बसेको सूचना पाएपछि त्यहाँ छापा मारेको प्रहरीले ९० हजार ५ सय नगद फेला पारेको छ ।

४ करोडसहित पक्राउ परेका विनोदका छोराको अफिसमा प्रहरीको छापा, नगद र सुन बरामद
फाइल तस्बिर काठमाडौं । काठमाडौंको गोंगबुमा ४ करोड २५ लाख ५० हजार रुपैयाँ र ९ किलो भन्दा बढीसुनसहित समातिएका विनोदकुमार श्रेष्ठको छोराको अफिसमा पनि प्रहरीले छापा मारेको छ । विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको हो । सनम खड्गीको घरमा कोठा भाडा लिएर राजकुमार बसेको सूचना पाएपछि त्यहाँ छापा मारेको प्रहरीले ९० हजार ५ सय नगद फेला पारेको छ । त्यसैगरी सुनको ५ थान छड्के तिलहरी, १ थान नौगेडी, २ थान बेरुवा औठी र १ थान सुनको लकेट बरामद गरेको छ ।