नेपालसहित २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा सैन्य परेड

सैन्य परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। बीबीसीका अनुसार कार्यक्रममा ५० हजार पाहुना छन्।

नेपालसहित २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा सैन्य परेड
भदौं १८ , काठमाडौं । चीनको राजधानी बेइजिङमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा विशाल सैन्य परेड सुरु भएको छ। सैन्य परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। बीबीसीका अनुसार कार्यक्रममा ५० हजार पाहुना छन्। दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।