यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय

न्याय परिषद्को रायमा उनीहरुलाई सरकारले नियुक्त गरेको हो। यसअघिका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएपछि भट्टलाई अध्यक्ष बनाइएको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय
काठमाडौं । सरकारले विशेष अदालतको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। न्याय परिषद्को रायमा उनीहरुलाई सरकारले नियुक्त गरेको हो। यसअघिका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएपछि भट्टलाई अध्यक्ष बनाइएको हो। त्यस्तै सदस्यहरूमा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने निर्णय गरेको हो। त्यस्तै सरकारले अन्य विभिन्न २४ वटा निर्णय गरेको छ।