झलनाथ-घनश्याम पक्षीय नेताहरुको भेला बानेश्वरमा सुरु

बैठकमास्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, रामकुमारी झाक्री, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउद लगायत सहभागी छन् ।

झलनाथ-घनश्याम पक्षीय नेताहरुको भेला बानेश्वरमा सुरु
काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो । पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गर्नका लागि नेताहरू छलफलमा जुटेका हुन् । बैठकमास्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, रामकुमारी झाक्री, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउद लगायत सहभागी छन् । बैठकमा सहभागी नेताहरूले यो छलफललाई अनौपचारिक भनेका छन् । पछिल्लो समय अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असमझदारी बढेको छ ।