धनुषामा दुई पक्षबीच झडप, प्रहरीले हान्यो अश्रु ग्यास

सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो साढे २ बजेतिर दुई पक्षबीच ढुंगामुढा हुँदा ७० जनाको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको थियो। ढुंगामुढा हुँदा एक जना घाइते भएका छन्।

धनुषामा दुई पक्षबीच झडप, प्रहरीले हान्यो अश्रु ग्यास
काठमाडौं । धनुषामा दुई पक्षबीच झडप भएको छ। शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका-२० झन्डा चोकमा गणेशको मूर्ति विसर्जनका लागि गएको समूह र अर्को समूहबीच झडप भएको थियो। मूर्ति विसर्जनका लागि साढे २ सयदेखि ३०० हाराहारिमा गएका मानिसहरूको समूहसँग अर्को समूहबीच विवाद भई ढुंगामुढा भएको थियो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो साढे २ बजेतिर दुई पक्षबीच ढुंगामुढा हुँदा ७० जनाको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको थियो। ढुंगामुढा हुँदा एक जना घाइते भएका छन्। साँझ परिस्थिती केही सामान्य बनेको पनि डिएसपी थापाले जानकारी दिए।