काठमाडौं । रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दिन मुसलमानको निधन भएको छ।
परिवारका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमान हृदयाघात (हार्टअट्याक) का कारण आज बिहान ९ बजे उनकै निवासमा बितेका हुन्।
उनको अन्त्येष्टि आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा परम्परागत रूपमा गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिएका छन्।
सजरुद्दिन नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन
उनको अन्त्येष्टि आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा परम्परागत रूपमा गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिएका छन्।