प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओली भोलि चीन भ्रमणमा जाँदै छन् । भ्रमणबारे जानकारी दिन ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै छन् । त्यसअघि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान १० बजेका लागि सरकारी निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली भोलि चीन भ्रमणमा जाँदै छन् । भ्रमणबारे जानकारी दिन ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै छन् । त्यसअघि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।